राजनीति


जनताका अधिकार पूरा हुने बजेट ल्याउनुपर्छ: सन्तोष परियार

जनताका अधिकार पूरा हुने बजेट ल्याउनुपर्छ: सन्तोष परियार

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारहरूलाई यथार्थ बनाउन कार्यान्यवन गर्ने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सचेतक परियारले वर्तमान संधिवानले व्यवस्था गरेका विषय कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका हुन्। 

उनले दुई ठूला दलको सरकार बनेको वर्तमान समयमा दलमात्र ठूलो भएर केही नहुने भन्दै राम्रो दल वर्तमानको आवश्यकता भएको बताए। सदनमा आरोप प्रत्यारोप भन्दा पनि देश र जनताको समस्या पहिचान गरी सोही विषयमा छलफल चलाउन सांसद परियारले माग गरे। 

‘नेपाली जनताको सार्वभौम संसदलाई, नेपाली जनताको समस्या समाधान गर्ने एउटा थलोको रुपमा, विचार प्रस्तुत गर्ने मञ्चको रुपमा, समस्याको समाधान खातिर बहस छलफल गर्ने मन्चको रुपमा संसदलाई अगाडि बढाउन आग्रह गर्न चाहन्छु,' उनले भने, '२००७ सालदेखि यो देशका राजनीतिक पार्टीहरू देश विकास गर्न भनेरै लागि परेका छन् । तर, आजसम्म आइरहँदाखेरि नेपाली समाज जुन तहमा विकास हुनुपर्थ्यो, नेपाली जनताले जुन तहको राज्यबाट सेवासुविधा पाउनुपर्थ्यो, जुन समृद्ध जीवन पाउनुपर्थ्यो त्यो किन हुन सकिरहेको छैन? इतिहासमा भएका सबै प्रयत्नप्रति साधुवाद छ। तर आज पनि नेपाली समाजको वास्तविक अन्तरद्वन्दहरू पहिचान गरेनौँ भने, सत्यहरू थाहा पाउने आँटहरू गरेनौं भने फेरिपनि नेपाली समाजको विकास हुनसक्दैन।'

उनले राज्य र नागरिकबीचको कमजोर सम्बन्ध के कारण र कहाँबाट शुरु भयो भन्नेबारेमा पनि छलफल गर्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad