राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरेकी हुन्।
‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ति छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन्। त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरु राख्न चाहन्छु,' उनले भने, 'हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लिओस्। हाम्रो भविष्य सुनिश्चित गरियोस्। हाम्रो हजुरबुबाको पालादेखिका नेताहरुबाट आशा मरिसक्यो सभामुख महोदय, म जन्मिनुअघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरुको डेट एक्सपायर भइसक्यो।'
42
Shares

प्रतिक्रिया