नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई कटाक्ष गर्दै तराइमा लोडसेडिङ कायमै हुँदा अन्त्य भएको भनिएको भन्दै कटाक्ष गरेकी छन्। सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधिसभा बैठकमा महतोले तराइमा लोडसेडिङ कायमै रहेको बताएकी हुन्।
'तराइमा विद्युतको समस्या पनि जहाँको त्यहीँ छ। लोडसेडिङ अन्त्य भएको भनेर सरकारकै कर्मचारी भनिरहेका छन्। खै तराइमा भएको?,' उनले भनिन्, 'लोडसेडिङको अन्त्यको नाममा हिरो बनेकाहरूलाई थाहै होलानि!'
त्यस्तै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको पनि बताइन्।
उनले भनिन्, 'सरकारले अघि सारेको नीति तथा कार्यक्रम अत्यन्त उत्कृष्ट र आशा लाग्दो छन्। अब प्रभावकारी बजेट ल्याएर कार्यान्वन गर्नुपर्छ।'
उनले बजेट ल्याउने समय जस्तै कार्यान्वयनका लागि पनि कार्यतालिका बनाउनुपर्ने प्रस्ताव गरिन्।
'हामीले बजेटको समय निर्धारणजस्तै कार्यान्वयनको लागि पनि कार्यतालिका बनाउनुपर्छ। आर्थिक वर्षको अन्त्यमा हतारोले मात्रै हुँदैन' उनले भनिन्।
Shares

प्रतिक्रिया