राजनीति


जनताले काम खोजेका छन्, गभर्नरको भागबण्डा होइन : रास्वपा सांसद डाँगी

जनताले काम खोजेका छन्, गभर्नरको भागबण्डा होइन : रास्वपा सांसद डाँगी

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १२:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाएकी छिन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै भागबण्डामा जनताको रुची नभएको बताइन्।

सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ,’ डाँगीले भनिन्, ‘मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ। र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु।’

उनले थपिन्, ‘१० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ। अहिले जनताले काम खोजेका छन्। भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन्।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad