भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिमा बस्न सांसद योगेश भट्टराईले अस्वीकार गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरूले प्रश्न उठाएपछि एमाले सांसद भट्टराईले नबस्ने घोषणा गरेका हुन्।
उनको ठाउँमा अच्युत मैनालीलाई संयोजक तोकिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। तर अरु सांसदले मान्न तयार भएनन्।
छिट्टै संयोजक तोकेर एक साताभित्रै प्रतिवेदन पेश गर्न सभापति पोखरेलले निर्देशन दिए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न उठेका नेताहरूलाई समितिको संयोजक राख्न नहुने बताए।
पोखरा विमानस्थलबारे अध्ययन गरिएको प्रतिवेदन समितिलाई नबुझाउँदै बाहिर ल्याइएको भन्दै उनले आलोचना गरे।
बैठकमा सांसद भट्टराईले भैरहवा विमानस्थलको सन्दर्भमा टीओआरका आधारमा प्रतिवेदन बनाइएको स्पष्ट पारे।
उनले भने, –‘टीओआरका आधारमा प्रतिवेदन बनाइएको छ। स्वार्थको द्वन्द्व भएको रिपोर्ट बरु पोखराका हकम देखियो। ती प्रतिवेदनहरू शंकाको घेरामा छन्। पोखराको प्रतिवेदन कसरी स्वार्थ रहित छ?’
Shares

प्रतिक्रिया