राजनीति


एमालेको ठहर: नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी

एमालेको ठहर: नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी

नेपालखबर
बैशाख २०, २०८२ शनिबार २१:१३, काठमाडौँ

सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी रहेको निष्कर्ष निकालेको छ। शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले यसलाई पूर्ण समर्थन गर्ने निर्णयसमेत गरेको छ। 

प्रमुख सचेतक महेशकुमार बर्तौलाले  नीति तथा कार्यक्रमका पक्षमा सकारात्मक ढंगले संसद्‍मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको समेत जानकारी दिए।

‘समग्रमा यो नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी रहेको छ,’ एमालेले भनेको छ, ‘देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान बिद्यमान परिस्थितिका सीमाहरुलाई पूर्णतया ख्याल गर्दै देश र जनताको हितलाई केन्द्रमा राखी बिकास, सम्बृद्धि, सुशासन र सेवा प्रवाहलाई उच्च महत्व दिएर आएको नीति तथा कार्यक्रमलाई पूर्णसमर्थन गर्दै यसको पक्षमा सकारात्मक ढंगले संसद्‍मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने आजको दलको बैठकले निर्णय गरेको छ।’ 

दलको बैठकमा नीति तथा कार्यक्रमबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, एमालेका उपमहासचिव एवं प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले प्रशिक्षणमूलक विचार व्यक्त गरेका थिए।



  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad