राजनीति


माओवादी उपमहासचिव वर्षमानसँग चौथाइवालेको भेट, दिए तीन सन्देश

माओवादी उपमहासचिव वर्षमानसँग चौथाइवालेको भेट, दिए तीन सन्देश

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १४:६, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ पार्टी, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भेटवार्ता भएको छ। 

भेटमा चौथाइवालेले नेपालमा राजतन्त्र ल्याउने कुरामा आफूहरुको सर्मथन नरहेको उल्लेख गरेका थिए। उनको प्रष्ट सन्देश थियो ‘राजा ल्याउने कुरामा हाम्रो सर्मथन छैन, हाम्रो संरक्षण पनि छैन।’

उनले हालै भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति  नेपाल सरकार र माओवादी केन्द्रले लिएकाे नीतिप्रति धन्यवाद दिएका थिए। चौथाइवालेले खुला सीमाना भएकाले नेपाल पनि यसबारे सचेत हुनुपर्ने बताए।

‘पहलगाम आक्रामणबारे नेपाल सरकार र तपाईंको पार्टीले जुन विरोध गर्‍यो, त्यसप्रति हामी खुसी छौँ,’ उनले भेटमा भने, ‘नेपाल र भारतबीच खुला सीमा छ। नेपाल यस्ता गतिविधिमा सर्तक रहनुपर्छ।’

त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमनत्री रहेका बेला १० हजार मेगावट बिजुली भारतले किनेर लैजाने सहमति भएको चर्चा पनि गरे। त्यो सम्झौता राम्रो रहेको भन्दै चौथाइवालेले आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

नेपालको तीन दिने भ्रमणका लागि बुधबार काठमाडौँ आएका चौथाइवालले प्रधामन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटघाट गरेका थिए। 

त्यस्तै उनले प्रमुख तीन दलका दोस्रो, तेस्रो पुस्ताका धेरै नेताहरुसँग पनि भेट गरेका थिए। चौथाइवाले आजै भारत फर्कँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad