राजनीति


रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार ११:५९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन्।

बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।


‘नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमीक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ,’ देउवाले भने, ‘यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानुन नेपाली कांग्रेसको सरकार रहेकै बेलामा आएका हुन्। म प्रधानमन्त्री भएको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको पनि हो।’

उनले थपे, ‘सामाजिक सुरक्षाले श्रमिकहरुको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्दछ। स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक छ। स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा गर्नुछ। त्यसैले पनि श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ।’


सभापति देउवाले लोकतन्त्रमा सबै श्रमिकको अधिकार सुरक्षित हुने जिकिर गरे। नेपाली कांग्रेस श्रमिक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad