प्रतिनिधिसभाका समितिमा सांसदहरुको नाम हेरफेर तथा थप भएको हो।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरले हेरफेर हुने सांसदहरुको नाम प्रस्तुत गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको थियो।
हालै शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई शिक्षा, स्वाथ्य तथा सूचना, प्रविधि समितिमा बसेकी छिन् भने ऊर्जा राज्यमन्त्रीबाट हटाइएका पूर्णबहादुर तामाङ अर्थ समितिमा बसेका छन्।
त्यस्तै हसिना खनाल पनि शिक्षा, स्वाथ्य तथा सूचना, प्रविधि समिति बसेकी छिन्। अर्थ समितिमा रहेका सांसद पदम गिरि राज्यव्यवस्था तथा सुशासन समितिमा पुगेका छन्।
3.5k
Shares

प्रतिक्रिया