राजनीति


स्थानीय तहमा आपत्‌कालीन गोदामघर बनाउन गृहमन्त्री लेखकको आग्रह

स्थानीय तहमा आपत्‌कालीन गोदामघर बनाउन गृहमन्त्री लेखकको आग्रह

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १६:३४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेकोमा जोड दिए।

‘काठमाडौँमा तपाईं हामी बसेर नीति निर्माण गर्ने हो’ गृहमन्त्री लेखकले भने, ‘तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो।’

उनले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरु राख्नुपर्ने बताए।

‘प्रत्येक पालिकामा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन। प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नी त्यो कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ’ मन्त्री लेखकले भने, ‘त्यसमा आधारभूत सामग्री राखौँ। ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ। तर आधार स्थानीयलाई बनाऔँ। हामी सबै त्यसमा जट्नुपर्छ।’

उनले चारवटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाडौँ बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए।

विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उनको भनाई थियो।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित भएर हुनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad