दक्षिणी इरानको बन्दर अब्बास सहरको शाहिद रेजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या कम्तीमा २८ पुगेको छ भने ८०० जना घाइते भएका छन्।
सञ्चारमाध्यमका अनुसार यो ठूलो विस्फोटपछि इरानी प्रशासनले तीन दिनको शोक घोषणा गरेको छ। यो विस्फोट शनिबार बिहान भएको थियो।
विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए।
विस्फोटबाट भएको ठूलो आगो अहिले नियन्त्रणमा आएको छ।
123
Shares

प्रतिक्रिया