राजनीति


एक वर्ष पर धकेलियो रास्वपाको महाधिवेशन, तोकियो नयाँ मिति

एक वर्ष पर धकेलियो रास्वपाको महाधिवेशन, तोकियो नयाँ मिति

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १८:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सार्ने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, चःमती, वनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।  

अब रास्वपाको महाधिवेशन झन्डै एक वर्षपछि धकेलिएको छ। 

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएपछि महाधिवेशन हुने कि नहुनेमा अन्योल थियो।

यसै विषयमा निर्णय लिन बिहीबार बसेको बैठकले घोषणा गरेको मितिमा महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकाल्दै नयाँ मिति तोकेको हो। 

२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको झाको भनाइ छ। 

त्यसअघि २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ। 

यसअघि केन्द्रीय अधिवेशन यही वैशाख २५, २६ र २७ गते महाधिवेशनको मिति तोकिएको थियो।  

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सातवटै प्रदेशमा समिति गठन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad