राजनीति


क्षेत्रीय सहकार्यप्रति बिमस्टेकको प्रतिबद्धता, सगरमाथा संवादमा भाग लिन आउने: महासचिव पाण्डे

क्षेत्रीय सहकार्यप्रति बिमस्टेकको प्रतिबद्धता, सगरमाथा संवादमा भाग लिन आउने: महासचिव पाण्डे

नेपालखबर
चैत २८, २०८१ बिहिबार १५:४७, काठमाडौँ

बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले क्षेत्रीय सहकार्यप्रति बिमस्टेकको प्रतिबद्धतामा जोड दिएका छन्। 

इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र एम्बेसेडर क्लबद्वारा बिहीबार आयोजित बिमस्टेक सदस्य राष्ट्रहरूका विशिष्ट प्रतिनिधिहरूसँगको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव पाण्डेले साझा भूगोल, सभ्यतागत सम्पदा, सामाजिक संरचना र पारस्परिक रूपमा बुझ्न सकिने भाषाहरूद्वारा आधारित बिमस्टेकको अद्वितीय पहिचानमाथि प्रकाश पारे।

उनले भने, ‘यो मेरो तेस्रो काठमाडौँ भ्रमण हो। विश्वव्यापी जलवायु चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय संवाद सगरमाथा संवादमा भाग लिन मे महिनामा आउने छु।’ 

पाण्डेले विदेश मामिलामा सामाजिक सञ्जालको बढ्दो प्रभावको बारेमा पनि विचार व्यक्त गरे। उनले भने, ‘कूटनीतिज्ञहरूका लागि जनताबाट प्रतिक्रिया प्राप्त गर्नु र विदेश नीतिहरू उनीहरूको कल्याणका लागि बनाइएका छन् भनी सञ्चार गर्नु चुनौतीपूर्ण छ।’

महासचिव पाण्डेले आईआरजीडीडीलाई शुभकामना व्यक्त गरे। साथै, उनले भविष्यको क्षेत्रीय संवादलाई आकार दिन यसको सम्भावनामाथि जोड दिए। उनले नीतिगत आदान-प्रदान र सहयोगलाई सुदृढ पार्न बिमस्टेक-सम्बद्ध थिंक ट्याङ्कहरूको सञ्जाल विस्तार गर्ने बारेमा पनि उल्लेख पनि गरे। 

आईआरजीडीडी र एम्बेसेडर क्लबकी अध्यक्ष अध्यक्ष डा शर्मिला पराजुली ढकालले दिगो कृषि भविष्य निर्माण गर्न समर्पित दूरदर्शी नेताहरूलाई एकै ठाउँमा स्वागत ल्याउन पाउँदा खुसी व्यक्त गरिन्।

स्पेन र ओमानको लागि पूर्वराजदूतसमेत रहेकी ढकालले भुटानका कृषि तथा पशुपक्षीमन्त्री योन्टेन फुन्त्शो र उनको नेतृत्वमा रहेको टोली, बिमस्टेकका महासचिव पाण्डे, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा लगायत विभिन्न मुलुकका प्रतिनिधि, पूर्वराजदूतहरू र व्यापारिक क्षेत्रका प्रतिनिधिहरूलाई समेत स्वागत गरेकी थिइन्।

कार्यक्रममा बिमस्टेक राष्ट्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। पाहुनाहरूलाई क्षेत्रीय विविधता र एकताको उत्सव मनाउँदै दक्षिण एसियाभरिका विशेष परिकारहरू सहितको खानाको व्यवस्था गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad