राजनीति


रवि कारागार चलानपछिको रास्वपाको पहिलो सचिवालय बैठक जारी

रवि कारागार चलानपछिको रास्वपाको पहिलो सचिवालय बैठक जारी

नेपालखबर
चैत २७, २०८१ बुधबार १७:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक जारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि आज पहिलोपटक सचिवालय बैठक बसेको हो।

बैठकले रास्वपाले पार्टीको दिशा तय गर्ने बताइएको छ। बैठकमा मुख्य विषयवस्तु अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन्। 

यस्तै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूका सम्बन्धमा पनि नयाँ निर्णय लिन सकिने रास्वपा नेताहरूले बताएका छन्।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने चैत २२ गते काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए भने चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी थुनुवा पुर्जी लिएर उनलाई कारागार चलान गरिसकिएको छ। 

यसअघि रवि बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका थिए। उच्च अदालतले धरौटीमा रिहा गर्न नमिल्ने र थुनामै बस्नुपर्ने आदेश गरेपछि रास्वपामा नेतृत्व र आगामी कार्यक्रमबारे अन्योल उत्पन्न भएको छ।

शनिबार चितवनमा गरिएको जनयात्रा कार्यक्रमको सुरूवात पनि उत्साहजनक हुन सकेको थिएन।नेतृत्वपंक्तिमै अन्योलका कारण आउँदो वैशाखमा गर्ने भनिएको अधिवेशन पनि अनिश्चयमा धकेलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad