राजनीति


राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि अहिले सबैभन्दा अनुकुल समय : कमल थापा

राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि अहिले सबैभन्दा अनुकुल समय : कमल थापा

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८१ बुधबार १२:४८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनका लागि अहिले सबैभन्दा अनुकुल समय रहेको दाबी गरेका छन्। 

डा.जगमान गुरुङ नेतृत्वको राजसंस्था पुर्नस्थपना आन्दोलन समितिले बुधबार आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा उनले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

‘हिन्दू राष्ट्र र राजसंस्थाका लागि अहिले अनुकुल वातावरण तयार भएको छ,’ थापाले भने, ‘कुनै एउटा पार्टी वा समूहले मात्रै हिन्दू राज्य र राजसंस्था पुर्नस्थापना गर्न सक्दैन।’

सबै एकजुट भएर आन्दोलित भए अहिलेको व्यवस्था धाराशायी हुन समय नलाग्ने समेत उनले ठोकुवा गरे। 

‘सबैको साझा प्रयासको आवश्यता छ,’ थापाले भने, ‘सबै एकजुट भएर आन्दोलन गर्न सक्यौं भने अहिले मुलुकमा कायम रहेको भ्रष्ट व्यवस्था र नेताहरु धाराशायी हुन समय लाग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad