बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पूर्वडीआईजी छविलाल जोशीबारे जिल्ला अदालतले गरेकै आदेश उच्च अदालतबाट सदर भएको छ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो। जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
त्यसविरुद्ध परेको छविको निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले यस्तो आदेश गरेको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। जोशी कारागारमा छन्।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पूर्वडीआइजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यस्तै रवि एक करोड धरौटी बढी भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै र छवि आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै छुट्टाछुट्टै मितिमा उच्चमा निवेदन लिएर पुगेका थिए। यी सबै निवेदन एकसाथ हेर्ने आदेश यसअघि भएको थियो।
सुप्रिम सहकारीमा रवि लामिछाने, छविलाल बन्जाडे र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ।
रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।
Shares

प्रतिक्रिया