नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन सकिने अवस्था नभएको भन्दै गेयर बढाउपर्ने बताएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने उनको भनाइ छ। सरकारले आशाका किरणहरू दिन नसकेको उनको आशय थियो।
उनले संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केही सदसम्म सफल भएको समेत बताए। उनले संसद अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको बताए ।
‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन। आशाका किरणहरू दिन सफल हुनुपर्छ। अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन,' उनले भने, 'अब गेयर परिवर्तन गर्नुपर्यो। जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुपर्यो। म आफू पनि हिन्दु धर्म मान्छु। सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ। म त्यो पक्षमा छु।’
Shares

प्रतिक्रिया