उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसद्मा विधेयकमाथि सांसदहरूले राखेको जिज्ञासा समाधानका लागि केही थप कोर्ष आवश्यक भएको बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले कुनै पनि विषयमा संसद्मा छलफल गर्नु लोकतन्त्रको सुन्दरता भएको बताए। विधेयकमाथिको छलफलमा सांसदहरूले विवेक र तर्कपूर्ण विचार राखेको उनको भनाइ छ।
मन्त्री पौडेलले सांसदहरूले उठाएका विषयको उच्च सम्मान गर्दै आगामी दिनमा संसदमा छलफल गर्दै जाने बताए।
12
Shares

प्रतिक्रिया