राष्ट्रिय प्रजातन्त्र पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई बिनाशर्त रिहाइको माग गर्दै राप्रपाले माइतीघरमा प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल समशेर जबरासहित अन्य प्रदर्शनकारी पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्रदर्शनकारीहरूले झुटा मुद्दामा पक्राउ परेका राप्रपा नेता र राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्। उनीहरुले मृतकलाई सहिद घोषणा गर, घटनाको न्यायोचित छानबिन गरलगायत विभिन्न माग लेखिएको प्लेकार्ड बोकेर नारा लगाएका थिए।
तीनकुने घटनामा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।








495
Shares

प्रतिक्रिया