माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको बैठक कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा सोमबार बिहान नौ बजेदेखि बेठक सुरु भएको हो।
बैठकमा बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, समाजवादी मोर्चाका संयोजक तथा नेकपाका अध्यक्ष विप्लव, माओवादी महासचिव देव गुरुङ, नेसपाबाट अध्यक्ष महीन्द्र राय यादवलगायतमन नेता सहभागी छन्।

राजावादीले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनको भोलिपल्ट शनिबार बिहानै समाजवादी मोर्चाको बैठक बसेको थियो।
शुक्रबार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादीवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्।
Shares

प्रतिक्रिया