राजनीति


‘माओवादी बाहिर गणतन्त्रको नारा लगाउँछ, संसद्‌मा राप्रपासँग कुम जोडेर बस्छ’

‘माओवादी बाहिर गणतन्त्रको नारा लगाउँछ, संसद्‌मा राप्रपासँग कुम जोडेर बस्छ’

नेपालखबर
चैत १७, २०८१ आइतबार १९:३३, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले गरेका संसदीय लोकतन्त्रप्रति गरेको प्रतिबद्धतामाथि गम्भीर प्रश्न सिर्जना भएको बताएका छन्।  

आइतबार संसद् भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी केन्द्रले गणतन्त्रिक व्यवस्थामाथि प्रहार गर्नेसँग संसद्‌मा कुम जोडेर बसेको आरोप लगाएका हुन्। 

निरन्तर चार दिनदेखि संसद् अवरुद्ध गरेर माओवादी केन्द्रले लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धतामाथि संशय पैदा भएको उनको भनाइ छ। 

‘लगातार यो सदन चार दिनदेखि अवरुद्ध प्रमुख प्रतिपक्षीले गर्दैछ।  प्रमुख प्रतिपक्षले सरम मान्नुपर्छ र प्रमुख प्रतिपक्षको राजनीतिक दृष्टिकोणमाथि पनि यहाँ प्रश्न सिर्जना भएको छ,' उनले भने, 'बाहिर गणतन्त्रको पक्षमा नाराबाजी लगाउने, संसद्‌मा गणतन्त्रको विरुद्ध ढुङ्गा हान्नेहरुसँग कुम जोडेर संविधानविरुद्ध हाउस चल्न नदिने? माओवादी केन्द्रको राजनीतिक प्रतिबद्धता के हो? देखाउँदा एउटा भन्ने भित्र अर्को?'

उनले संघीयताविरुद्ध, संविधान र गणतन्त्रविरुद्ध खुलमखुला चुनौती दिनेकाम भएको भन्दै यसमा गणतन्त्रवादीहरूले ध्यान दिनुपर्ने बताए। 

प्रमुख सचेतक बर्तौलाले तीनकुने घटनाका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई आमसर्वसाधारण नेपाली नागरिक सरह कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad