सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ।
यही चैत १५ गते शुक्रबार काठमाडौँमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय डा शरदसिंह यादवले राससलाई जानकारी दिए।
उनले भने, ‘केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको छ। बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ।’
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया