राजनीति


जनमत पार्टीसँग एकता गर्न नाउपाले बनायो कार्यदल, गंगाराम संयोजक

जनमत पार्टीसँग एकता गर्न नाउपाले बनायो कार्यदल, गंगाराम संयोजक

नेपालखबर
चैत १०, २०८१ आइतबार २२:११, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले जनमत पार्टीसँग एकता गर्न कार्यदल बनाएको छ।

रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्तिको दुई दिनसम्म चलेको बैठकले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।

नाउपाले जनमतसँग एकताको लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको छ।

नाउपाले पार्टी एकता गर्ने निर्णय लिएको बैठकपछि आयोजित शुभकामना कार्यक्रममा एकता गर्न लागेको सिके राउत नेतृत्वको जनमत पार्टीसहित डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति समाजजादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिन बोलाएको थियो।

कार्यक्रममा जनतका अध्यक्ष राउत र नयाँ शक्तिका उपाध्यक्ष मानुषी यमी भट्टराईले शुभकामना दिए।

तर, रास्वपाका नेता भने कार्यक्रममा उपस्थित थिएनन्।

जनमतले यसअघि नै कार्यदल बनाएर नागरिक उन्मुक्तिसँग एकता प्रक्रिया सुरु गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad