कारोबार


सीजी इलेक्ट्रोनिक्स र क्रम्प्टन ग्रिव्सको पार्टनर्स मिट

सीजी इलेक्ट्रोनिक्स र क्रम्प्टन ग्रिव्सको पार्टनर्स मिट

नेपालखबर
चैत १०, २०८१ आइतबार १८:०, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्स र क्रम्पटन ग्रिव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले सौराहा, चितवनमा क्रम्पटन पार्टनर्स मिट २०८१ आयोजना गरेका छन्।

सधैँ सँगै भन्ने नारामा आधारित यस कार्यक्रमले क्रम्पटन र यसको मूल्यवान व्यावासिक साझेदारहरूको बीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ। 

कम्पनीका अनुसार यसले साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको छ।

कार्यक्रममा प्रमुख वक्ताहरूले वृद्धि रणनीतिहरू, बजार विस्तार र क्रम्पटनको नवप्रवर्तनमा प्रतिबद्धतालाई समेटेको जनाइएको छ। सोही दौडान नयाँ एयर कुलरहरू, छतका पंखा र एक्जस्ट फ्यानहरू सार्वजनिक गरिएको थियो। 

कार्यक्रममा प्रमुख वक्ताका रूपमा क्रम्प्टन ग्रिव्सको अन्तर्राष्ट्रिय व्यवसायका एसोसिएट भाइस प्रेसिडेन्ट तथा प्रमुख दुर्गेश बक्सीले क्रॉम्पटन र सीजी इलेक्ट्रोनिक्सबीचको बलियो सम्बन्धबारे बताएका थिए। 

उनले दुई कम्पनीबीचको रणनीतिक साझेदारी, व्यवसायिक वृद्धिको अवसरहरू, नवीनतम उत्पादन र प्रविधिहरूको प्रयोगद्वारा बजार विस्तारको संभावनाहरूको चर्चा गरेका थिए। बक्सीले साझेदारहरूको भूमिकालाई विशेष रूपमा सम्मान गर्दै उनीहरूको निरन्तर समर्थनकै कारण आजको सफलता सम्भव भएको उल्लेख गरे। उनले स्थानीय बजारको आवश्यकतालाई बुझ्दै ग्राहक-केंद्रित दृष्टिकोणमा जोड दिए र भविष्यमा अझ मजबुत सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता जनाए।

त्यस्नै क्रम्प्टन ग्रिव्सकै अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ प्रबन्धक सौरभ गौडले क्रम्पटनका नवीनतम उत्पादनहरूबारे जानकारी दिएका थिए। उनले कम्पनीका नवीनतम एयर कूलरहरू, छतका पंखा, र एक्जस्ट फ्यानहरूको प्रविधि, ऊर्जा दक्षता, र उपभोक्ता आवश्यकतासँगको मेलमिलापको बारेमा जानकारी दिए। गौडले उत्पादनको विशिष्टता, गुणस्तर मापदण्ड, र बजारमा क्रॉम्पटनको प्रतिस्पर्धात्मक लाभको चर्चा गरेका थिए। 

कार्यक्रममा वित्तीय समाधानहरू, व्यापार योजनाहरू र नीतिहरूको बारेमा भएको सूचनात्मक छलफलले साझेदारहरूलाई निरन्तर सफलता प्राप्त गर्नका लागि आवश्यक उपकरणहरू प्रदान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad