राजनीति


प्रेस चौतारीको महाधिवेशन उद्घाटनमा ओली नजाने, पोखरेल जाने

प्रेस चौतारीको महाधिवेशन उद्घाटनमा ओली नजाने, पोखरेल जाने

नेपालखबर
चैत १०, २०८१ आइतबार ११:५७, काठमाडौँ

सत्तारुढ नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन्। 

प्रेस चौतारीको महाधिवेशन आज विराटनगरमा सुरु हुँदै छ। 

महाधिवेशनको उद्घाटन एमाले महासचिव पोखरेलले गर्ने कार्यक्रम रहेको प्रेस चौतारीका पूर्वउपाध्यक्ष सइन्द्र राईले जानकारी दिए।

यसअघि उक्त महाधिवेशन पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने चौतारीका नेताहरूले बताएका थिए। 

प्रधानमन्त्रीको सचिवालयले पनि जानकारी दिँदै भनेको छ, ‘धेरै पत्रकार साथीहरूको सोधनी भएकोले सम्माननीय प्रधानमन्त्रीको आज काठमाडौँ उपत्यकाबाहिर कुनै कार्यक्रम नरहेको स्पष्ट गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad