राजनीति


९ उपसचिवको सरुवा, ६ जिल्लामा सहायक सीडीओ हेरफेर

९ उपसचिवको सरुवा, ६ जिल्लामा सहायक सीडीओ हेरफेर

नेपालखबर
चैत ८, २०८१ शुक्रबार २०:५, काठमाडौँ

गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ। शुक्रबारको निर्णय अनुसार सरुवा हुनेमा ६ जना सहायक प्रमुख जिल्ला अधिकारी छन्।

उपसचिव हरिप्रसाद गैरेलाई गुल्मीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

पोषण राज भण्डारी जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारी, शिवहरि पोखरेल सर्लाही, तेजप्रकाश प्रसाई झापा, विश्वराज नेपाल सुनसरी र गोमादेवी ढकाल पौडेलले ओखलढुंगामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकी छन्।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन अधिकृतमा हरिबहादुर भुजेललाई खटाइएको छ। मकवानपुरको भिमफेदी कारागारमा सुवास पौडेल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत डोरेन्द्र निरौला गृह मन्त्रालय सरुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad