प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।
सभापति अम्मरबहादुर थापाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको सानो टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने गरी उपसमिति बनाइएको हो।
उपसमितिलाई कतिपय समितिका अन्य सदस्य, विज्ञ र अन्य सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरेर टुंगाउन भनिएको छ।
आन्तरिक पनि बसेर टुंग्याउन भनिएको छ। उपसमितिमा सांसदहरु विश्वकर्मासँगै, डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, विना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य रहेका छन्। एक सदस्य उपसमितिले कार्य प्रारम्भ गरेपछि थप्ने भनिएको छ।
उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ।
Shares

प्रतिक्रिया