प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहाइका लागि पहल गरिदिन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति एर्दोगानलाई फोन गरी विपिन रिहाइका लागि सहयोग गर्न आग्रह गरेका हुन्।
जवाफमा राष्ट्रपति एर्दोगानले विपिन रिहाइका लागि गम्भीर रूपमा पहल गर्ने बताएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामहिमले रिहाइका लागि आफूले गम्भीर तवरले पहल गर्ने बताउँदै विपिनको परिवारलाई पनि यस विषयमा जानकारी दिन आग्रह गर्नुभयो। विपिन जोशीको रिहाइका लागि यसअघि इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग पनि टेलिफोन मार्फत कुराकानी भएको थियो।’
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई पनि बन्धक बनाएर गाजामा लगेको थियो।
Shares

प्रतिक्रिया