राजनीति


पूर्वराजाले 'श्री ५ महाराजधिराज' र 'शाही निसान' प्रयोग गरेकोमा सांसदको आपत्ति

पूर्वराजाले 'श्री ५ महाराजधिराज' र 'शाही निसान' प्रयोग गरेकोमा सांसदको आपत्ति

नेपालखबर
चैत ७, २०८१ बिहिबार १२:३४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा 'श्री ५ महाराजधिराज' भनिएको र 'शाही निसान' प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, 'पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो। शाही निसान ०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो।'

उनले 'महाराजधिराज' शब्द संविधानमा कहीँ पनि उल्लेख नभएकाले सचेत गराउन सरकारलाई आग्रह गरे।

'श्री ५ महाराजधिराज भनेर राख्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ। सरकारले संविधान त्यस्ता कार्य नगर्न, संविधान नमिच्न सरकारले आग्रह गरोस्,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad