राजनीति


गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न सांसद साहको माग

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न सांसद साहको माग

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८१ बिहिबार १२:८, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष साहले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्नसमेत गरे।

यस हत्याकाण्डबारे पीडितले जाहेरी दर्ता गराएको भए पनि सरकारले छानबिन नगरेको उनको आरोप छ। 

उनले भने, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्याकाण्ड जुन दिउँसै भएको बीभत्स हत्या थियो, त्यसको छानबिन कहाँ पुग्यो ?’

रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीक मधेसी जनअधिकार फोरमले माओवादी कार्यकर्तामाथि गरेको आक्रमणमा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो।

घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए। तर, फौजदारी कानुनअनुसार कारबाही अघि बढेको छैन।

अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने मागसमेत राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad