राजनीति


प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा आपत्ति

प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा आपत्ति

नेपालखबर
चैत ४, २०८१ सोमबार १४:१९, काठमाडौँ

नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा समेत विरोध भएको छ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा सत्तारुढ दल नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी हुन्। 

‘नेपाली समाजको मूल्य, मान्यताविपरीत गरिमामय सदनमा यति निष्कृष्ट धारणा राख्ने अधिकार उहाँलाई कसले दियो?’ भन्दै सांसद कोइरालाले प्रश्नसमेत गरिन्। उनले त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखेको भन्दै सांसद घिमिरेले माफी माग्नुपर्ने बताइन्। 

‘हिजो प्रतिनिधि सभामा एकजना माननीयज्यूले बोल्ने क्रममा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने जस्तो घोर आपत्तिजनक विषय राख्नुभएको छ,' उनले भनिन्, 'नेपाली समाजको मूल्य मान्यताविपरीत गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कसले दियो? समाजमा पर्ने असरलाई अलिकति पनि हेक्का नराखी गलत भाष्य स्थापित गर्न खोज्ने माननीयले अविलम्ब माफी माग्नुपर्छ।’

नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको पदोन्नति किन भएन भनेर प्रश्न गरिन्।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्राको पदोन्नति किन भएन? मधेसी भएको कारणले कि मधेसी महिला भएको कारणले? यो विषयमा सम्बन्धित मन्त्रीले सदनमा जवाफ देओस् भन्ने म माग राख्न चाहन्छु,' उनले भनिन्, 'नेपाल सरकारका मन्त्रीहरू कहिले कर्मचारीलाई शून्य नम्बर दिएर र कहिले पदोन्नति रोकेर के गर्न खोजिराख्नुभएको छ? यसको जवाफ पनि उहाँहरूले दिनुपर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad