कारोबार


बागलुङको बुर्तिबाङमा प्रभु बैंकले मनायो ग्लोबल मनी विक

बागलुङको बुर्तिबाङमा प्रभु बैंकले मनायो ग्लोबल मनी विक

नेपालखबर
चैत ४, २०८१ सोमबार १४:२१, काठमाडौँ

प्रभु बैंक लि गण्डकी प्रदेशले बागलुङ्गको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा आज एक वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ।

“अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। अरुका कुरा सुनौँ तर आधिकारिक कुरा सुनि निर्णय गरौँ” भन्ने मूल नाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको हो।

र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे।
उनले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो।

बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad