राजनीति


माउ पार्टीहरू कमान्डर नै तोकेर विश्वविद्यालय क्षत-विक्षत पारिरहेका छन् : स्वर्णिम वाग्ले

माउ पार्टीहरू कमान्डर नै तोकेर विश्वविद्यालय क्षत-विक्षत पारिरहेका छन् : स्वर्णिम वाग्ले

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८१ आइतबार १४:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका सांसद स्वर्णिम वाग्लेले विश्वविद्यालयहरूमा ठूला भनिएका पार्टीका कारण क्षति-विक्षतको अवस्था सिर्जना भएको बताएका छन्। आज आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै वाग्लेले अहिले भइरहेको दलहरूको हस्तक्षेप रोक्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको ढाँचा फेर्नुपर्ने बताएका हुन्।  

उनले गत केही हप्तादेखि नेपालका हजारभन्दा बढी क्याम्पसहरूमा स्ववियु निर्वाचनको नाममा ताण्डव देखिएको भन्दै भने, 'तालाबन्दी, बन्दहड्ताल, कुटपिट तोडफोड, चन्दा आतंक, दलभित्रका गुटगत प्रदर्शन छ। माउ पार्टीका कमान्डर नै तोकिएको छ। राजनीतिकरण दलीयकरण गरिएको छ। विश्विद्यालयहरू र उच्चशिक्षा प्रणालीलाई क्षतविक्षत गर्ने तरिकाले कामहरू अगाडि बढेका छन्। जुन असाध्यै चिन्ताजनक छ।' 

वाग्लेले भने जस्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले स्ववियुको निर्वाचनमा आफ्नो दलनिकट विद्यार्थी संगठनको उम्मेदवारलाई निर्वाचित गराउन कमान्डर तोकेका छन्। रास्वपाको विद्यार्थी संगठन नै छैन। 

क्याम्पसहरू चेतनाको थलो हुनुपर्नेमा आज रणमैदान बनेको उनले भनाइ छ। 'एक–दुई दिनको समय लिएर एकदमै शान्तिपूर्ण किसिमले क्याम्पसका प्रशासकहरूले सामान्य तवरले गराउन सक्ने निर्वाचनहरू पनि जुन प्रतिष्ठाको लडाइँ, जुँगाको भिडन्त जुन देखिइराखेको छ। त्यो असाध्यै निन्दनीय छ,' उनले भने, 'म पढ्दै थिएँ- गत वर्ष लगातार तीन/चार वर्षदेखि एक लाखभन्दा बढी नो अब्जेक्सन लेटर जारी भएका छन्। यो देशभित्रै पढ्न सकिएन, अब बाहिर नै जानुपर्छ। भन्ने छ। सरकारी अड्डाहरूमा पनि दैनिक २ हजार निवेदन पर्ने, कर्मचारीले दैनिक १२ घन्टा काम गर्दा पनि जम्मा १०० वटा मात्रै नो अब्जेक्सन लेटर जारी हुने, बाढी नै छ।’ 

विश्वविद्यालय तथा क्याम्पस र विद्यालयमा विद्यार्थीको संख्या किन घटिरहेको छ भन्नेबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने वाग्लेको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad