राजनीति


राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन : उपमहासचिव ज्ञवाली

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन : उपमहासचिव ज्ञवाली

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:५५, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली उपयुक्त समाधान नभएको बताएका छन्।  

बुधबार काठमाडौँमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आयोजना गरेको नयाँ युगको कार्यभार: वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पपुलिजमको आधारमा कुनै पार्टी सत्तामा पुगेर गैरजिम्मेबार ढंगले प्रस्तुत हुँदा ठूला समस्या देखिने गरेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका बारेमा गम्भीर भएर छलफल र बहस गर्नुपर्ने बताए।

उनले भारतमा स्थापित संसदीय प्रणालीले एउटै दल र एकै व्यक्ति तीन पटकसम्म सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको भन्दै नेपालको भूराजनीतिक अवस्थाका लागि पनि वर्तमान प्रणाली सही रहेको दाबी गरे। संसदीय व्यवस्थामा हजारौँ कमी कमजोरी भएपनि सन्तुलन र नियन्त्रणका लागि उपयुक्त र बलियो हतियार भएको उनको भनाइ छ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति एकमात्र समाधान हो भन्ने ढंगले बहस गर्‍यौँ भने हामी केही वर्षमा प्रणाली परिवर्तनमा समाधान गर्न जान्छौँ,' उनले भने, 'त्यसका केही प्लस प्वाइन्ट पनि होलान् तर नेपाल जस्तो भूराजनीतिक अवस्थामा त्यो पनि पपुलिजमको त्यत्रो हावा चलिरहेको बेला एउटा पपुलिस्ट शक्ति गैरजिम्मेबार भएर नेतृत्वमा पुग्दा के हुँदो रहेछ भन्ने युक्रेनको ताजा तस्बिर हेरी रहेको अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समाधान हो भन्ने ढंगले बहसमा जाने कुरामा गम्भीर छलफल गर्नुपर्छ, त्यो नै समाधान हो भन्ने मलाई लाग्दैन।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad