राजनीति


स्ववियु चुनाव: एमालेनिकट अखिल ३२ क्याम्पसमा निर्विरोध (सूचीसहित)

स्ववियु चुनाव:  एमालेनिकट अखिल ३२ क्याम्पसमा निर्विरोध (सूचीसहित)

अनेरास्ववियुबाट निर्विरोध निर्वाचित स्ववियु अध्यक्षहरू सपना चन्द, उषा पाण्डे, युवा तिमिल्सिना, अनुज न्यौपाने र अञ्जु परियार


नेपालखबर
फागुन २८, २०८१ बुधबार १६:३१, काठमाडौँ

नेकपा एमालेनिकट अनेरास्ववियुले ३२ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष निर्विरोध भएको जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका आंगिक, सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसमा मंगलबार भएको मनोनयनमा ३२ वटा क्याम्पसको अध्यक्ष सर्वसम्मत भएको महासचिव नरेश रोकायले जानकारी दिए।

आगामी चैत ५ गते स्ववियु चुनाव तय भएको छ।

रोकायाका अनुसार कोसीका ४, बागमतीका ८, गण्डकीका ३, लुम्बिनीका ७, कर्णालीका ३ र सुदूरपश्चिमका ७ क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन्। 

मंगलबार बिहान ११ देखि ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय थियो। त्रिविका आंगिक १० क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ।

काठमाडौं उपत्यकाका पद्मकन्या, नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषामा भने चुनावी प्रक्रिया नै हुन सकेको छैन।

यस्तै, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, जनकपुर र सिरहाको एउटा क्याम्पसमा समेत स्ववियु चुनाव रोकिएको छ।

यसैगरी स्नातकोत्तर क्याम्पस विराटनगरमा केही संगठनले तालाबन्दी गरेपछि चुनाव रोकिएको छ। 

उता, नेकपा माओवादी केन्द्रले २१ क्याम्पसमा नेतृत्व निर्विरोध भएको जनाएको छ। 

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले यो खबर तयार पार्दासम्म निर्विरोध भएको सूची सार्वजनिक गरेको छैन। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले त्यसको काम भइरहेको बताए।

स्ववियु चुनावका लागि त्रिविका ६२ आंगिकसहित एकहजार क्याम्पसमा २२ दलका संगठनले दर्ता गराएका थिए।

तर, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघकै बर्चस्व देखिएको छ। यी तीनै संगठनले कतिपय क्याम्पसमा तालमेल गरेर सर्वसम्मति गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad