राजनीति


पूर्वराजालाई सुदन किराँतीको गम्भीर आरोप : नेपालबाट मूर्ति र खाग निर्यात गरेर हिरोइन आयात गरे

पारसलाई भने- लागूऔषध भण्डारण गर्ने र गुण्डाको नाइके
पूर्वराजालाई सुदन किराँतीको गम्भीर आरोप : नेपालबाट मूर्ति र खाग निर्यात गरेर हिरोइन आयात गरे

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १५:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुख्यात व्यापारी भएको आरोप लगाएका छन्। 

भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको तेस्रो अधिवेशन उद्घाटन गर्दै सांसद किराँतीले शाहलाई ‘गुण्डाको नाइके’सँग कुनै आशा नभएको बताएका हुन्। 

किराँतीले राजनीतिमा आउने चेष्टा नगर्न पूर्वराजा शाहलाई चेतावनी समेत दिए। 

‘ज्ञानेन्द्र शाह नेपालबाट मूर्ति, गैंडाको खाग, हात्तीको पुच्छर र दन्त निर्यात गरेर, नेपालमा हिरोइन आयात गर्ने कुख्यात व्यापारी हो’, किराँतीले आरोप लगाउँदै भने, ‘पारस शाह पनि लागूऔषध भण्डारण र गुण्डाको नाइके भइहाले। यिनीहरूसँग आशाको धर्साे छैन, त्यसकारण पनि राजतन्त्र फर्कन सम्भव छैन।’

फेरि राजा फर्काउँछौँ भनेर लागेका राजावादीलाई उनले जाली, झेली र प्रायोजितको संज्ञा दिए।

‘राजा फर्काउँछु भन्नेहरु सबै नक्कली, जाली, झेली र प्रायोजित तत्वहरू हुन्’, उनले थपे, ‘लोकतन्त्रमा दल र नेता फेरेर योग्य व्यक्तिलाई निर्वाचनबाटै ल्याउन सकिन्छ। बरू, गणतन्त्रको रोगलाई उपचार गरौँ। संविधानलाई प्रगतिशील ढंगले संशोधन गरौँ।’

फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न हजारौँको संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad