युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गरेका छन्।
सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गरे। उनले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताए। उनले विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बताए।
‘खेलकुद मन्त्रालयअन्तर्गत नेपाल स्काउट छ। यो प्रत्येक निजी विद्यालयहरूले राखिदिन मैले आग्रह गर्न चाहेँ। किनभने त्यसले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन। हरेक क्षेत्रमा अघि बढाउन मद्दत गर्दछ। हाम्रो मन्त्रालयको तर्फबाट, नेपाल स्काउटको तर्फबाट हामी परिषद् पठाइदिएर सहयोग गरिदिन आग्रह गर्दछु,' उनले भने, 'प्रशिक्षक पठाउँछौँ। सात दिनको तालिम हो। धेरै दिनको छैन। विद्यालय भनेको खेलकुद नै हो। जुन विद्यालयमा खेलकुद छैन त्यस विद्यालयमा विद्यार्थी घटिरहेका छन्। विद्यालयमा खेलकुद आयोजना गराउनुस्।’
Shares

प्रतिक्रिया