राजनीति


जसपा नेपालले २ उपाध्यक्षसहित १४ कार्यकारिणी सदस्य थप्दै

जसपा नेपालले २ उपाध्यक्षसहित १४ कार्यकारिणी सदस्य थप्दै

नेपालखबर
फागुन २६, २०८१ सोमबार ११:४५, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशितालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको हो।

संशोधित विधानअनुसार जसपा नेपालले थप २ जना उपाध्यक्ष र १ महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने बस्नेतले बताए।

संशोधित धारा २९ को उपधारा ३ अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad