राजनीति


जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको पक्षमा आन्दोलन भयो : नेता कोइराला

जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको पक्षमा आन्दोलन भयो : नेता कोइराला

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १९:४५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरूले प्रदर्शन गरेको बताएका छन्।

झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए।

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने उनको भनाई थियो। उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे। गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाई थियो।

उनले भने, ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु। किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ। राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ। आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ। चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ। यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ।’

उनले थपे, ‘हामीले कसरी लिएका छौँ। राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन। जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो। गणतन्त्र ल्यायौँ। त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो। राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन। माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन। हामीले राम्रो काम गरेर देखाउने हो।’

सांसद कोइरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताए। उनले पाँचवटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गरे।

सांसद कोइरालाले नेपाली कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad