कला


‘छड्के २’ का निर्माता प्रशान्तले घोषणा गरे नयाँ फिल्म ‘जवाफ’

‘छड्के २’ का निर्माता प्रशान्तले घोषणा गरे नयाँ फिल्म ‘जवाफ’

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १५:४२, काठमाडौँ

२०७९ मा रिलिज भएको फिल्म ‘छड्के २’ का निर्माताले नयाँ फिल्म बनाउने भएका छन्। निर्माता प्रशान्त गिरीले फिल्म ‘जवाफ’ बनाउने घोषणा गरेका हुन्।

निर्माण कम्पनी काभ्रे फिल्मस् एक थीम पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरेको हो। पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ। 

हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ। पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ।

यस फिल्ममा साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन्। सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको छ। फिल्मको अन्य कास्ट एण्ड क्रूबारे निर्माण टिमले केहि जानकारी गराएको छैन।

यस फिल्मको कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन्। दशक लामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्ने छन्। यो फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनिले घोषणा गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad