नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले वन विज्ञान क्याम्पस हेटौँडामा ब्याच कमिटी गठन गरेको छ।
मंगलबार सम्पन्न भेलाले विमला खड्काको अध्यक्षतामा १७ सदस्यीय २०८१–२०८५ ब्याच कमिटी गठन गरेको क्रान्तिकारीले जनाएको छ।
भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले आसन्न स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी) ले विजय हासिल गर्दा सुशासनको अभियानलाई बल पुग्ने दाबी गरे।
उनले विद्यार्थी आन्दोलनको मूल चरित्र कुशासनको विरुद्ध र सत्ताको खबरदारी गर्नु रहेको बताए।
पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई जिताउन आग्रह गरे।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय प्रमुख ललित घलान, क्याम्पस प्रमुख डा शिवकुमार मानजन, पार्टीका हेटौँडा उपमहानगरका निवर्तमान अध्यक्ष तिर्थबहादुर थापामगर, प्राध्यापक संगठनका जिल्ला सहसचिव शैलेन्द्र यादव, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य रोजल तामाङ, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्धराज अर्याललगायतले निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त दिएका थिए।
Shares

प्रतिक्रिया