राजनीति


फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १६:४५, काठमाडौँ

फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।

मंगलवार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। दुई दिनसम्म सञ्चालन हुने सम्मेलन फागुन १५ र १६ गते काठमाडौँमा सञ्चालन हुनेछ। 

पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको बताए। 

उनले सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहने बताए। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताए।

दुई दिनमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानन्तर (प्यारेलल) सत्रमा १६ वटा कार्यपत्रहरु उपर छलफल हुने बताए। प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनियता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधि, अन्तर्राष्ट्रिय कानूनी सहकार्य तथा साइबर कानूनी नीति निर्माण जस्ता विषयहरुमा छलफल हुने बताए।

सम्मेलनको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा न्यायिक सुधार, प्रविधि अनुकुल कानूनी संरचना निर्माण, मानव अधिकार संरक्षण तथा साइबर अपराध नियन्त्रणका सन्दर्भमा सक्रिय राष्ट्रको रुपमा प्रश्तुत गर्ने अवसर मिल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad