राजनीति


प्रचण्डलाई बाबुरामको जवाफः दीपक मनाङे भएको पार्टीमा अरु बौद्धिक आवश्यक छ र?

प्रचण्डलाई बाबुरामको जवाफः दीपक मनाङे भएको पार्टीमा अरु बौद्धिक आवश्यक छ र?

नेपालखबर
असार २०, २०७६ शुक्रबार ९:२५,

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपाका लागि दीपक मनाङेजस्ता बौद्धिकहरु मात्रै आवश्यक रहेको  प्रतिक्रिया दिएका छन्।

शुक्रबार पार्टी मुख्यालयमा बाबुराम नेतृत्वकै पार्टीका नेताहरु कल्पना धमला, देवेन्द्र पराजुली लगायतका नेतालाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले काम्युनिस्ट पार्टीभन्दा बाहिर रहँदा बाबुरामको वौद्धिकताले काम नगरेको बताएका थिए। प्रचण्डले कम्युनिस्ट आन्दोलनसँग जोडिए मात्रै उनको बौद्धिकता काम लाग्ने बताउँदै नेकपामा आउनका लागि आग्रह गरेका थिए। 

त्यही आग्रहको जवाफ दिँदै पूर्वप्रधानमन्त्री भट्टराईल नेकपाका लागि दीपक मनाङेजस्ता बौद्धिकहरुको आवश्यकता रहेको र त्ययो भन्दा भिन्न बौद्धिक नेकपाका लागि कम नभएको बताएका हुन्।

‘करेड दीपक मनाङेजस्ता ‘बौद्धिक’भएको ‘कमाउनिस्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र?’, भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दे भनेका छन्।

brb t

कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्माकेन्द्री नभइ बस्तुगत रुपमा सोचेर नेकपामा आउन भट्टराईलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad