नेपाल-अजरबैजान संसदीय कार्य समूह गठन भएको छ।
नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यको नेतृत्वमा ६ सदस्यीय समूह गठन भएको हो।
अन्य सदस्यमा सांसदहरू हृदयराम थानी, सुरेन्द्रराज आचार्य, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव र विष्णुबहादुर विक छन्।
अजरबैजानका तर्फबाट रमिल साहिब ओग्लु हसनको नेतृत्वमा अलि मुहम्मद ओग्लु हुसेन्ली, साहिन अमिर ओग्लु इस्लामेलोभ र साहिन कमिल ओग्लु सयिदजादे रहेका छन्।
विभिन्न मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले नेपालको संसदमा ४४ वटा संसदीय मैत्री समूह गठन गरिएका छन्।
123
Shares

प्रतिक्रिया