कारोबार


सुनको मूल्य लगातार वृद्धि, आज कति?

चाँदीको भाउ पनि बढ्यो
सुनको मूल्य लगातार वृद्धि, आज कति?

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १०:५८, काठमाडौँ

नेपाली बजारमा सुनको मूल्य मंगलबारदेखि लगातार बढिरहेको छ। 

यस क्रममा बुधबारभन्दा आज (बिहीबार) सुन तोलामा ५ सय रुपैयाँ बढेको छ। 

बुधबार १ लाख ७० हजार ५०० मा किनबेच भएको प्रतितोला सुनको मूल्य आज १ लाख ७१ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला ७०० रुपैयाँ बढेको थियो भने बुधबार झन् धेरै १ हजार १ सय रुपैयाँ बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको थियो। यसमा आज ५ सय थपिएको हो। 

चाँदीको मूल्य पनि बुधबारको तुलनामा बिहीबार सामान्य वृद्धि भएको छ। 

बुधबार १ हजार ९८५ मा कारोबार भएको चाँदी आज तोलाको १ हजार ९९५ रुपैयाँमा काराेबार भइरहेको सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad