राजनीति


पूर्वराजाको सन्देशलाई स्वागत गर्छौं, आन्दोलनको प्रस्थानबिन्दु हुन सक्छ: लिङ्देन

पूर्वराजाको सन्देशलाई स्वागत गर्छौं, आन्दोलनको प्रस्थानबिन्दु हुन सक्छ: लिङ्देन

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८१ बुधबार १९:९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देशले राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेन्डामा थप बल पुगेको बताएका छन्।

उनले आफूहरू राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित  कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको प्रतिक्रिया दिएका हुन्।

राप्रपाले राजसंस्थाको पुनर्स्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेन्डासहित सातवटै प्रदेशमा सभाको आयोजना गर्ने जानकारी पनि दिए।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनाको लागि सभामार्फत सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने उनको योजना छ।

पूर्वराजा शाहद्वारा जारी सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरूबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको दाबी पनि उनले गरे।

उनले गरे, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित  कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दुराष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौँ। त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौँ। पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ। स्वाभाविक रूपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad