राजनीति


अध्यादेशबारे प्रतिपक्षी दलले बेकारको बखेडा झिके, संविधानबाटै यो व्यवस्था खारेज गरौँ : प्रमुख सचेतक घिमिरे

अध्यादेशबारे प्रतिपक्षी दलले बेकारको बखेडा झिके, संविधानबाटै यो व्यवस्था खारेज गरौँ : प्रमुख सचेतक घिमिरे

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १६:२१, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याउँदा विरोध गर्नुअको अर्थ नभएको बताएका हुन्।  

'आर्थिक उदारीकरणको क्षेत्रमा, निजी क्षेत्रलाई आर्थिक उत्पादनको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ भन्ने विषयमा, विश्व बजारीकरणका विषयमा लगभग यो संसदभित्र एकदुई जनाबाहेक सबैको सहमति भएको मैले पाएको छु,' उनले भने, 'भाषण गर्दा त्यही बोल्नुहुन्छ, संसद्को रोष्ट्रममा उभिएर पनि त्यही बोल्नुहुन्छ । अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के? अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाऊँ। त्यो पनि सहमतिबाटै गरौं।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad