राजनीति


व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

फाइल फोटो


नेपालखबर
फागुन ६, २०८१ मंगलबार १६:१५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन्। 

हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्ने गरी अघि बढेको बताए।

सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ छ।

सरकारले व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको गृहमन्त्री लेखकले बताए। देश विकास निर्माणको क्षत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनले बताए।

अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भूमिका रहेको उनको भनाई छ।

‘निर्माण व्यवसायीको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ। अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ। तपाईंहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु,’ उनले भने।

निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताए। निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफल योग्य रुपमा अघि बढाउने गरी समय सिमा भित्रै गुणस्तरिय काम गर्नुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad