राजनीति


जनसांस्कृतिक महासंघले गर्‍यो पूर्वअध्यक्षहरूलाई सम्मान

जनसांस्कृतिक महासंघले गर्‍यो पूर्वअध्यक्षहरूलाई सम्मान

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १२:१३, काठमाडौँ

आफ्नो ४३औँ स्थापना दिवस तथा ३०औँ जनयुद्ध दिवसका अवसरमा जनसांस्कृतिक महासंघ, नेपालले आफ्ना पूर्वअध्यक्षहरूको सम्मान, कृति विमोचन तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री सत्या पहाडीले जनसांस्कृतिक महासंघका पूर्वअध्यक्षहरू ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, सरल सहयात्री र मातृका पोखरेल लगायतलाई सम्मान गरेकी हुन्। 

यस क्रममा पहाडीले पार्टी र सांस्कृतिक मोर्चालाई जोड्नुपर्ने धारणा राख्दै जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गरी समाजवादको बाटोमा हिँड्न जनतालाई संगठित गर्नुपर्ने बताइन्।

सो अवसरमा रोल्पा जिल्लाका विषयवस्तुमा आधारित संयुक्त कवितासंग्रह ‘कुइख्याङ’को विमोचन गरिएको थियो। उक्त संग्रहमा एकाउन्न जना कविका कविता समेटिएका छन्। 

प्रगतिवादी साहित्यकार पारिजात संस्थापक अध्यक्ष रहेर २०३८सालमा जनसांस्कृतिक संघको स्थापना भएको थियो। यसपछि शक्ति लम्साल (अध्यक्ष- २०४१०, कृष्णसेन इच्छुक (अध्यक्ष-२०४६), मणि थापा (अध्यक्ष-२०६०) र डा. ऋषिराज बराल (संयोजक- २०६१), निनु चापागाईं (अध्यक्ष- इन्द्रेणी सांस्कृतिक समाज र प्रगतिशील सांस्कृतिक समाज), ईश्वरचन्द्र ज्ञवाली (२०६३), गणेश भण्डारी (२०७३), सीता शर्मा (कार्यवाहक अध्यक्ष- २०७३), सरल सहयात्री (२०७३) र मातृका पोखरेल (संयोजक- २०६९, अध्यक्ष- २०७८) थिए। 

कार्यक्रमको प्रारम्भमा पेरिसडाँडामा रहेक‍ो सहिद तथा बेपत्ता योद्धा स्मृति स्तम्भमा अबिर तथा माला अर्पण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad