प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले समितिमा प्राप्त उजुरीहरुको अध्ययन गर्न नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.चन्दा कार्की, नेकपा (माओवादी केन्द्र) बाट दुर्गा राई, नेकपा (एमाले)बाट मेनुकाकुमारी पोख्रेल र नेपाली कांग्रेसबाट सरिता राई सदस्य छन्।
उपसमितिले समितिमा प्राप्त उजुरीको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रियाअगाडि बढाउने सभापति खतिवडाको भनाइ छ।
66
Shares

प्रतिक्रिया